सन् 2007 को सुरुदेखि नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरु बढ्ने त्रmम तीब्र गतिमा अगाडि बढिरहेको भए पनि गत महिनामा भने नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या घटेको छ। दुई महिना अगाडि चीनको स्वायत्त प्रदेश तिब्बतमा दलाई गुटले चलाएको हिंसा र गत महिना चीनको सिचुवान प्रान्तमा गएको भुकम्पबाट भएको व्यापक जनधनको क्षतिका कारण नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या घटेको हो ।
त्यसो त गत महिनामा नेपाल घुम्न आउने अन्य राष्ट्रका पर्यटकहरु पनि घटेका छन् । नेपालमा गत अप्रिल महिनामा संविधानसभाको निर्वाचन भएको र त्यसपछिको तरल राजनीतिक कारणले पनि नेपाल भित्रिने समग्र पर्यटकहरु घटेको पर्यटन बोर्डको चिनियाँ डेक्सका अधिकारी काशीराज भण्डारीले बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई उपलब्ध गराएको तथ्या अनुसार चालु वर्षको हालसम्ममा नेपाल भित्रिने कुल पर्यटकमध्ये चिनियाँ पर्यटकले चार प्रतिशत स्थान ओगटेको छ। गत वर्षको मे महिनामा मात्र नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या नौसय सात थियो भने यो वर्ष पाँच सय सठ्सठ्ठीमा झरेको छ। गत वर्ष र चालु वर्षको मे महिनालाई मात्र तुलना गर्ने हो भने चिनियाँ पर्यटकको संख्या सैँतीस प्रतिशतले घटेको देखिन्छ। तर गतवर्षको जनवरीदेखि मे सम्मको नेपाल भित्रिने चिनियाँ पर्यटकभन्दा चालु वर्षको जनवरीदेखि मेसम्म नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या भने बारु प्रतिशतले बढेको छ । यसो हुनुको मुख्य कारण यो वर्षको सुरुमा नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरु अत्यधिक रुपले बढेका थिए।
गतवर्षको सुरुको पाँच महिनामा पाँच हजार सात सय चौँतीसजना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका थिए भने चालु वर्षको सोही अवधिका छ हजार चार सय तीनजना चिनियाँ पर्यटक नेपाल आएका छन् ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|