चीन भ्रमणमा जानु भएका सुचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरासँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी वैदेशिक विभाग प्रमुख वाङ च्या रुईले सो कुरा बताउनुभएको हो। बेइजिङ्गबाट राष्टि्रय समाचार समितिले प्रेसित गरेको समाचार अनुसार चीन भ्रमणमा रहनु भएका सुचना तथा सञ्चार मन्त्री महराले चिनियाँ पदाधिकारीहरुलाई नेपालको राजनीतिक विकासक्रमबारे जानकारी गराउनुभएको छ।
मन्त्री महरासँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी बैदेशिक विभाग प्रमुख रुइले नेपाली जनताले रोजेको सामाजिक व्यवस्था र विकास मार्गको चीनले सम्मान गर्ने कुरा राससले जनाएको छ। समाचारका अनुसार नेपाली जनताले रोजेको आफ्नो अनुकुलको सामाजिक व्यवस्था र विकास मार्गको चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकार तथा चिनियाँ जनताले सम्मान गर्ने वाङले बताउनुभएको छ।
संविधानसभाको पहिलो बैठक सफलतापुर्वक सम्पन्न गरिएकामा बधाइ ज्ञापन गर्दै वाङले नेपालको शान्ति, स्थिरता र विकासलाई सुनिश्चित गर्न नेपाल कम्युनिष्ट पार्टी माओवादी लगायत सम्बन्धित सबै पक्षले नेपालको शान्ति प्रक्रियालाई निरन्तर रुपमा अगाडि बढाउने आशा व्यक्त गरेको कुरा चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै नेपाली सञ्चार माध्यमहरुले जनाएका छन्।
चिनियाँ नेता वाङले नेपालका प्रमुख राजनीतिक दलसँग चिनियाँ कम्युनिष्ट पार्टीले मैत्रीपुर्ण सम्बन्ध र आदानप्रदान कायम राख्तै आएको तथा उनीहरुको सम्बन्ध अझ विकसित हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ। चेतनाथ
आचार्य
सि.आर.आई.
काठमाडौँ
|