स छुआनको थाङ च्या शान यान साइ तालको खतरा हटाउने निर्देशनालयबाट प्राप्त जानकारी अनुसार, आज विहान सात बजेर आठ मिनेट जाँदा थाङ च्या शान यान साइ तालको पानी निकाल्न थालिएको छ। हालसम्म उक्त तालको पानी निकालिएको अवस्था स्थिर भएको र बाँध सुरक्षित रहेको छ।

स छुआनमा भूकम्प गएपछि उक्त तालको पानी ठूलो मात्रामा त्यसको तल्लो भागमा जान नदिन थाङ च्या शान यान साइ तालको तल्लो भागमा बसेका बीस लाख जना सर्वसाधारणहरुलाई सुरक्षित ठाँउमा सारिसकेका छन र इन्जिनियरहरुले एउटा चार सय मिटर चौडाइ भएको सुरुङ खनेर उक्त तालको पानी निकालिरहेका छन।
चीनका प्रधान मन्त्री वन च्या पाउले हिजो दिउँसो तेस्रो पटक उक्त ताल पुग्नुभइ त्यहाँको अवस्थाको निरिक्षण गर्नुभयो। उहाँले सुरक्षालाई सबभन्दा प्रथम स्थानमा राख्नुपर्छ र सर्वसाधारणहरुलाई हताहत हुनबाट बचाउनु पर्ने कुरामा जोड दिनुभयो।
|