चीनको राज्य परिषदको सूचना कार्यालयले आज सात तारिख दिउँसो राज्य परिषदको भूकम्प प्रतिरोध एवम् उद्धार कार्यको प्रधान निर्देशानालयको निर्देशानुसार सार्वजनिक गरिएको विवरण अनुसार आज सात तारिख बाह्र बजेसम्म चीनको स छुआन प्रान्तको वन ठुआनमा गएको विनाशकारी भूकम्पमा परी उनान्सत्तरी हजार एक सय चौंत्तीस जनाको मृत्यू भएको छ। तीन लाख चहत्तर हजार एक सट्ठी जना घाइते भएका छन भने सत्र हजार छ सय एकासी जनाको खोजिकार्य भईरहेको छ। त्यस क्षेत्रमा प्रकोपग्रस्त भएकाहरुको संख्या चार करोड एक सट्ठी लाख साठी हजार जना पुगेको समाचार छ।
|