
आज आठ तारिख दिउँसो पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम चीनको दक्षिण-पश्चिमी क्षेत्रको शहर पाइ समा पूरा भएको छ।
पाइ स शहर क्वांग सी च्वांग जातीय स्वायत्त प्रदेशमा राँको घुमाउने अन्तिम शहर हो। त्यस कार्यक्रममा दुई सय आठजनाले राँको घुमाउनुभयो। उहिले तंग स्याउ फिंगले आर्थिक सहायता गर्नुभएको शि वांग प्राथमिक विद्यालयका विद्यार्थी, अहिले पाइ स शहरको फिंग को जिल्लाको शि वांग प्राथमिक विद्यालयका प्रमुख श्रीमती चाउ पिआओ ल्यांग पहिला राको वाहक हुनुहुन्थ्यो।
राँको घुमाउने अन्तिम स्थान पाइ स विद्रोहको स्मृति स्तम्भ चोक हो।
कार्यक्रम शुरु हुनुअघि सबै मानिसहरुले वन छुआनको भूकम्पमा परी मारिएकाहरुको सम्झनामा एक मिनेसम्म मौनधारण गरेका थिए।
|