
चीनको स छुआनको थांग च्या शानको यान से हु तालको पानी बगाएर जोखिमबाट मुक्त हुने कार्यसम्बन्धी निर्देशालयको समाचारअनुसार, सात तारिखको विहान सात बजेर आठ मिनेटदेखि पानी बगाउने कार्य शुरु भउदेखि यता थांग च्या शानको यान से हुको पानी बगाएर जोखिमबाट मुक्त गर्ने कार्य सुचारुरुपमा चलिरहेको छ।

आठ तारिख दिउँसो तीन बजेसम्म पानीको प्रवाह प्रतिसेकेण्ड 21.5 क्युविक मिटर पुगेको छ।

थांग च्या शानदेखि भूकम्पको केन्द्र पै छुआनसम्म तीन किलोमिटर छ । ठूलो भूकम्पपछि पैरोको कारण त्यहाँको च्यान च्यांग नदी अवरुद्ध भएर त्यहाँ निकै ठूलो ताल बनेको छ। अकस्मात बाँध भत्केर हुनसक्ने दुर्घटनाको सामना गर्न थांग च्या शानको यान से हु तालको तल्लो भागमा बसोबास गर्ने दुइ लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।
|