 चीनको स छुआन प्रान्तमा गएको भूइँचालोले गर्दा गएको पैरोले नदीको प्रवाहमा अबरोध सिर्जना गरेपछि थांग च्या शान शहरमा ताल बन्यो। त्यसलाई यान साई ताल भनिन्छ। सो तालबाट पानी बाहिर निकाल्ने कार्य हाल सुव्यवस्थितरुपमा चलिरहेको छ। आज दिउँसो दुइ बजेसम्म थांग च्या शानको यान साई तालको बाँध एक सय पैंतालिस मिटर पुगेको छ भने प्रतिसेकेण्ड बगेको पानीको परिमाण तीन हजार आठ सय असी क्युविमिटर पुगेको छ। यसरी नै पूरै बाँध भत्किने सम्भावना अब कम देखिन्छ।

हाल थांग च्या शानको यान साई तालमा संचित पानीको रेखा निरन्तररुपमा घटिरहेको छ।
सो तालबाट पानी बाहिर निकालिएदेखि यता हालसम्म कुनै पनि मानिस हताहत भएको छैन।
|