
चीनको दक्षिण-पश्चिमी क्षेत्रको शहर लि च्यांगमा आज विहान पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम सम्पन्न भयो।
आज विहान आठ बजेतिर राँको घुमाउने कार्यक्रमको प्रारम्भिक दौड समारोह लि च्यांग शहरको जन-चौकमा आयोजित गरियो। सो समारोह शुरु हुनुअघि त्यहाँ उपस्थित भएका सबै मानिसहरुले एक मिनेट मौनधारण गर्दै स छुआनको भूकम्पमा परेर मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरेका थिए। राँको घुमाउने कार्यक्रम शुरु भएपछि स छुआनको वन छुआन जिल्लाको भूकम्पग्रस्त क्षेत्रबाट आएकी छिंग जातिकी केटी चांग च लान र सन् 1996को फेब्रुअरी तीन तारिखका दिन लि च्यांगमा गएको भूकम्प भएको दिन जन्मेको नासी जातिको केटा ह चन शंगले संयुक्तरुपमा बादल आकारको मंगलमय राँको उठाएर ली च्यांगमा राँको घुमाउने कार्यक्रम पूरा गरे।
ली च्यांगमा राँको घुमाउने कार्यक्रममा दुइ सय आठजना मानिसले भाग लिए भने राँको वाहकहरुमध्ये एक सय एकजना तत्स्थानका चौधवटा अल्पसंख्यक जातिका मानिसहरु थिए।
|