 पैचिंग नगरपालिकाका अधिकारीका अनुसार, हाल पैचिंगमा लागू भएको "राजधानीको खाद्यपदार्थको सुरक्षासम्बन्धी मापदण्ड"को नियम अन्तर्राष्ट्रिय खाद्यपदार्थको सुरक्षाको नियभभन्दा पनि कडा छ। पैचिंग खाद्यपदार्थको सुरक्षाको अनुगमन र नियन्त्रण केन्द्रका प्रमुख लु युंगले उपमाका साथ उक्त भिन्नताबारे जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ:
जस्तो भनौं मासुमा बाँकी रहेका "मासु बढाउने धूलो औपधि"जस्तो औषधिबारे हामीहरुले अपनाएको मापदण्डअनुसार, मासुको जाँच-बुझ गर्दा त्यस्तो धूलो भेटिनु हुँदैन, तर केही मुलुकहरुमा त्यसका लागि खालि परिमाणमा मात्र सीमित गरिएको छ। जस्तो भनौं, केही मुलुकहरुमा मासूमा पचास पी पी बि को उक्त धूलो औपधि पत्ता लागे पनि पारित हुन्छ।

उपरोक्त कारणले पैचिंगको खाद्यपदार्थको सुरक्षा समस्याको नियन्त्रण गर्ने अधिकारीले विभिन्न मुलुक र क्षेत्रका प्रतिनिधिमण्डल तथा विश्वभरिका पर्यटकहरुलाई निश्चिन्त भएर पैचिंगमा मिठो चिनियाँ खाना चाख्न आह्वान गर्दै सडे-गलेका वा स्वास्थ्यका लागि हानिकारक अन्य कुनै खाद्यपदार्थ खानुपर्ने चिन्ताबाट मुक्त रहन आग्रह गर्नुभयो।
सञ्चार माध्यले जनाएअनुसार, केही समयअघि अमेरिकी प्रतिनिधिमण्डलले पैचिंगको खाद्यपदार्थको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको थियो। यसका अतिरिक्त, सो प्रतिनिधिमण्डलले आफ्नै खाद्यपदार्थ लिएर ओलम्पिक खेलकुदमा सहभागि हुनेजस्तो कुरा गरेको थियो। यस्तो समस्यालाई लक्षित गर्दै पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिको खेलकुद सेवा विभागका उप-प्रमुख श्रीमती स्यांग फिंगले खाद्यपदार्थको सुरक्षाबारे चिन्तित नहुन सबैलाई आग्रह गर्नुभयो। अन्तर्राष्ट्रिय चलनअनुसार, पहिलेदेखि अहिलेसम्मका ओलम्पिक खेलकुदमा प्रतिनिधिमण्डलले आफ्नै खाद्यपदार्थ बोकेर ओलम्पिक गाउँमा प्रवेश गर्न छुट नदिइएको कुरामा उहाँले जोड दिनुभयो।

यो कार्य पनि खाद्यपदार्थको सुरक्षाको नियन्त्रणका लागि हो। किनकि केही खाद्यपदार्थ, विशेषगरी ताजा र कच्चा खाद्यपदार्थको भण्डार गर्नका लागि निकै गम्भीर वातावरणको आवश्यकता पर्दछ। अनि ओलम्पिक गाउँमा यस्तो वातावरण छैन। बिग्रिएका खाद्यपदार्थ खानु खेलाडीको स्वास्थ्यका लागि अहितकर हुन्छ। अर्कातिर खेलकुदको संयोजक पक्षले ओलम्पिक गाउँमा प्रशस्त मिठा खाद्यपदार्थ उपलव्ध गराउँछ। हामीहरुले पनि सबै खेलाडीहरुले ती खाद्यपदार्थको उपभोग गर्नसक्ने आशा गरेका छौं।
स्यांग फिंगका अनुसार, संयोजकका रुपमा रहेर पैचिंग ओलम्पिक खेलकुद समितिले विभिन्न प्रतिनिधिमण्डलले आफै खाद्यपदार्थ बोक्ने विचार छोडिदिने आशा गरेको छ, किनकि चिनियाँ खाद्यपदार्थ पर्याप्त र मिठो स्वादका मात्र नभई तीनको सुरक्षाको प्रत्याभूति पनि छ।
|