china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआन प्रान्तको वन छुआनको भूकम्पबाट उनन्सत्तरी हजार एक सय छयालिस जनाको मृत्यू
    (GMT+08:00) 2008-06-11 17:17:06    

                 चीनको राज्य परिषद मातहत प्रेस कार्यालयले एघार तारिखका दिन राज्य परिषद मातहत भूकम्पको सामना र प्रकोपको उद्धार सम्बन्धी निर्देशनालयले सार्वनजिक गरेको तथ्यङ्क अनुसार एघार तारिखको मध्यान्ह बाह्र बजेसम्म स छुआनको वन छुआनमा गएको ठुलो भूकम्पबाट उनन्सत्तरी हजार एक सय छयालिस जना मानिसहरुको मृत्यू भएको छ । यो संख्या दश तारिखका दिन प्रकाशित संख्यामा कुनै वृद्धि नभएको पनि जनाइएको छ । यसका अतिरिक्त तीन लाख सत्तरी हजार जना घाइते भएका छन् । सत्र हजार पांच यस सोह जना बेपत्ता भएका छन् ।

                 चीनको जन मामिला सम्बन्धी मन्त्रालयको प्रतिवेदन अनुसार एघार तारिख मध्यान्ह बाह्र बजेसम्म चीनले स्वदेश र विदेशबाट प्राप्त गरेको चन्दाका रकम र सामानहरु करिव चवालिस अरब पचास करोड युआन पुगेको छ ।

                 एघार तारिख मध्यान्ह बाह्र बजेसम्म विभिन्न तहका सरकारहरुले भूकम्पको सामना गर्न र प्रकोपबाट ‌उद्धार गर्न तेइस अरब साठी करोड युआन अनुदान गरेका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040