 पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कर्यक्रम आज दक्षिण-पश्चिमी चीनको क्वै चौ प्रान्तको सदरमुकाम क्वै यांगमा सम्पन्न भयो।

उक्त कार्यक्रम शुरु हुनुअघि त्यसमा सहभागि सम्पूर्ण व्यक्तिले चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा भएको भूइँचालोमा परी ज्यान गुमाएका मृतकहरुप्रति एक मिनेटसम्म मौनधारण गर्दै श्रद्धान्जली व्यक्त गरेका छन। यसका साथै ज्योति रिलेवाला र क्वै यांगका विभिन्न क्षेत्रले प्रकोपग्रस्त क्षेत्रका लागि चन्दा संकलन गर्ने कार्यक्रमको पनि आयोजना गरेका छन।

भोलि र पर्सी पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति क्वै चौ प्रान्तको खाई ली र चुन यी शहरमा घुमाइने कार्यक्रम रहेको छ।
|