चीनको राज्य परिषदको कानून सम्बन्धी कार्यालयका प्रमुख छाउ खांग थाइले आज पैचिंगमा बोल्दै चीनको स छुआन प्रान्तको प्रकोपग्रस्त क्षेत्रको पुनः निर्माण कार्यमा वातावरण संरक्षणलाई महत्व दिंदै पुनः निर्माणका क्रममा निकै नराम्रो अवस्थामा परेको वातावरणलाई अझ विग्रनबाट रोक्न पर्ने कुरा बताउनुभयो ।
सो अवसरमा श्री छाउ खांग थाइले भन्नुभयोः भर्खरै प्रकाशमा ल्याइएको ' वन छुआन गएको भूकम्पपछि पुनः निर्माण कार्य सम्बन्धी नियमानुसार भूकम्प गएपछि पुनः निर्माण गर्दा आर्थिक र सामाजिक विकास र पर्यावर्णीय वातावरण र उर्जाको संरक्षणसित मिलाउने सिद्धान्त पालना गर्नुपर्छ ।
|