चीनले भूइँचालोग्रस्त क्षेत्रको पुनर्निर्माण रकम तथा सामग्रीको प्रभावकारी रुपमा व्यवस्थापन तथा वितरण गरी रकम तथा सामानको प्रभावकारी प्रयोगको प्रत्याभूत गर्ने भएको छ।
चीनको राज्य परिषद अन्तर्गत कानून निर्माण कार्यालयका प्रमुख छाउ खांग थाईले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मलेन उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले भूइँचालो प्रकोपग्रस्त क्षेत्रको पुनर्निर्माणका क्रममा वातावरणको संरक्षणमा पनि महत्व दिएर कमजोर भइसकेको वातावरणमा पुनः आघात पुर्याउनबाट जोगाउनुपर्ने कुरामा जोड दिनुभएको छ।
|