
सान् स्या जलाशय क्षेत्रमा सबैभन्दा ठूलो आप्रवासी शहर चीनको दक्षिण-पश्चिमी भागमा पर्ने छोंग छिंगको वान् चौ शहरमा पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम आज सम्पन्न भएको छ।

आजको कार्यक्रम शुरुहुनुभन्दा अघि स व्छान् प्रान्तको वन् व्छान्मा गएको भूइँचालोमा परी मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्नका लागि तत्स्थानका सबै व्यक्तिहरुले एक मिनेट मौन धारणा गरेका थिए।
आजको राँको घुमाउने कार्यक्रमको कूल लम्बाइ उनान्तीस दशम्लब चार किलोमिटर थियो र कूल दुइ सय आठजना राँको वाहकहरु सो कार्यक्रममा भाग लिएका थिए।

पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम वान् चौमा सम्पन्न भएपछि भोली छोंग छिंग शहरको मुख्य क्षेत्रमा राँको घुमाउने कार्यक्रम हुनेभएको छ।
|