नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनको संयोजनमा आज साँझ चिनियाँ राजदुत च सियाङ्ग लिनलेयुवा नेतासँग छलफल गर्ने कार्यक्रम रहेको छ। एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेलले सि.आर.आई.लाई बताउनु भए अनुसार रात्रिभोजको आयोजना गरी दुई पक्षीय आदानप्रदानका बारेमा छलफल हुन लागेको हो।
नेपाल र चीनबीचका युवा सहभागी गराएर पारस्पारिक सहयोगको वृद्धि गराउने उद्देश्य राखेर हुन लागेको छलफलमा य कम्युनिष्ट लिगका अध्यक्ष गणेशमान पुन, तरुण दलका महासचिव हेमलाल सापकोटा, प्रजातान्त्रिक युवा संघका सचिव हस्त पण्डित लगायतका युवा नेता सहभागी हुनेछन्। य कम्युनिष्ट लिग नेपाल कम्युनिष्ट पार्टी माओवादीको युवा संगठन हो। त्यसैगरी तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो भने प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठन हो।
संविधानसभाको निर्वाच्नपछि स्थापित मुख्य राजनीतिक दलमा आवद्ध रहेका युवा संगठनका नेताहरुलाई चिनियाँ राजदुतसँग परिचय गराउँदै छलफल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। अल चाइना युथ फेडेरेसनसँग दुई पक्षीय सम्बन्ध स्थापना गर्नतथा चिनियाँ युवासँग नेपाली युवा भविष्यमा कसरी काँधमा काँध मिलाएर अगाडि बढ्न सक्छन् भन्ने विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो।
नेपालको भुमि प्रयोग गरेर चीन बिरोधी गतिविधि हुन नदिन युवा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरामा पनि छलफल हुनेछ। अहिलेका युवा भविष्यका नेता भएकाले भविष्यमा नेपाल र चीन सम्बन्धलाई नयाँ उचाइमा पुरउन यो छलफल कार्यक्रम महत्वपुर्ण हुने नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका सचिव हेमराज रानाभाटले सि.आर.आई. लाई बताउनुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|