|
चीनको राज्य परिषद्को प्रेस कार्यालयले सार्वजनिक गरेको पछिल्लो समाचारअनुसार, आज मध्यान्ह बाह्र बजेसम्म चीनका विभिन्न स्तरीय सरकारले भूकम्प प्रभावितहरुको उद्धारका लागि त्रिपन्न अरब अठासी करोड चालीस लाख चिनियाँ युआन उपलव्ध गराएका छन। यसका साथै, चीनले पाएको स्वदेश र विदेशको समाजद्वारा प्रदान गरिएको चन्दा रकम पैंतालीस अरब सत्तरी करोड चिनियाँ युआन पुगेको छ भने चौध अरब बीस करोड चिनियाँ युआनको रकम तथा मालसामान भूकम्पग्रस्त क्षेत्रमा पुर्याइसकिएको छ।
आज मध्यान्ह बाह्र बजेसम्म स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भएको भूकम्पमा परी उनान्सत्तरी हजार एक सय सत्तरीजनाको मृत्यु भएको छ भने सत्र हजार चार सय छब्बीसजना अझै बेपत्ता छन। अस्पतालमा औषधोपचार गराइरहेका घाइतेहरुको संख्या चौध हजार चौरानब्बे छ।
|