|

पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको घुमाउने कार्य जून सोह्र तारिख विहान चीनको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने छुङ्ग छिङ्ग नगरमा संतोषजनकरुपमा सम्पन्न भयो।

राँको घुमाउने कार्यको शुभारम्भ उक्त नगरको केन्द्र चिन शानको मैदानमा भएको हो। राँको घुमाउने कार्यक्रम शुरु हुनुअघि त्यहाँ उपस्थित भएका सबै व्यक्तिहरुले एक मिनेटसम्म मौन धारणा गरी स छुआनको वन ठुआनमा गएको विनाशकारी भूकम्पमा परी मरेकाहरुप्रति शोक व्यक्त गरेका थिए।

योजनाअनुसार, सत्रदेखि उन्नाईस तारिखसम्म राँको घुमाउने कार्य चीनको सिन्च्याङ्गमा हुने छ।
|