स व्छान् प्रान्तको वन् व्छान्मा मे बाह्र तारीखका दिन ठूलो भूइँचालो गएपछि छिमेकि प्रान्त कान् सु प्रान्त स व्छान्भन्दा अलि कम प्रभावित दोस्रो ठूलो प्रकोपग्रस्त क्षेत्र बनेको छ। सो प्रान्तका उप-प्रमुख फंग चेन् शन्ले आज पैचिंगमा बोल्दै हाल कान् सु प्रान्तमा प्रकोपपछिको बन्दोबस्त र पुनर्निर्माण कार्य सुव्यवस्थितरुपमा चलिरहेको कुरा बताउनुभयो।

चीनको राज्य परिषद् अन्तर्गत प्रेस कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै फंग चेन् शन्ले जून चौध तारीखका दिनसम्म कान् सू प्रान्तमा प्रकोपमा परी तीन सय पैसट्ठीजनाको ज्यान जानुका साथै दश हजारभन्दा बढी मानिस घाइते भएका छन् र झण्डै पचास लाख मानिस प्रकोपबाट प्रभावित भएका छन भन्नुभयो। तथ्यांकअनुसार, भूइँचालोबाट चवालीस अरब अट्ठाइस करोड चिनियाँ युआन्को क्षति भएको छ।

फंग चेन् शन्का अनुसार, जून चौध तारिखसम्म कान् सू प्रान्तको उद्धार र पुनर्निर्माण कार्यका लागि केन्द्रिय वित्तिय विभागले चार अर्ब अठासी करोड चालीस लाख चिनियाँ युआन् लगाएको छ।
|