china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदको तयारी कार्य मोटामोटी रुपमा पूरा भएको विषयको पहिलो भाग
    (GMT+08:00) 2008-06-17 09:10:01    

           अब पैचिङ ओलम्पिक खेलकुद दिन प्रतिदिन नजिकिंदैआएको छ। सन् 2001मा ओलम्पिक खेलकुदको आयोजनाको अधिकार पाएदेखि यता पैचिंग ओलम्पिक खेलकुदसङ्ग सम्बन्धित व्यक्तिहरुले ध्यानपूर्वक तयारी कार्य गर्नुका साथै त्यसको व्यवस्थापन कार्य निष्ठापूर्वक गर्दैआएका छन। यसबाट ओलम्पिक खेलकुदको आयोजना गर्नका लागि निवेदन दिंदा विश्वसामु दिइएको गम्भिर वचनबद्धता पूरा गर्नसकिने छ। सात वर्षसम्मको तयारीपछि अहिलेको पैचिंग आत्म विश्वासका साथ विश्वलाई के भन्नसक्छ भने पैचिंग ओलम्पिक खेलकुदको तयारी कार्य मोटामोटी रुपमा पूरा भएको छ।

          पै‍चिंग ओलम्पिक खेलकुदको तयारी कार्यका क्रममा रंगशालाको निर्माण होस वा सञ्चार माध्यमका लागि सेवा, स्वयंसेवकहरुको भर्ना र वातावरणीय अवस्थामा सुधारजस्ता महत्वपूर्ण कार्यलाई विश्वद्वारा स्वीकारिएको छ।

          ओलम्पिक प्रतियोगिताका रंगशाला र ‌ओलम्पिक गाउँ, सञ्चार ग्राम जस्ता सम्बन्धित निर्माण कार्यमा पैचिंग शहरले सधैं नै गतिशीलता देखाएकाले अन्तर्राष्ट्रिय ओलम्पिक समितिले त्यसको सराहना गरे‍को छ। अहिलेसम्म पैचिंग ओलम्पिक खेलकुदका लागि चाहिने सैंतीसवटा रंगशाला र क्रिडास्थलमध्ये ओलम्पिक खेलकुदको मुख्य रंगशाला- बड्स नेस्टमा उद्‍घाटन समारोहका लागि आवश्यक सम्पूर्ण कार्य पूरा नभए तापनि बाँकी छत्तीसवटाको निर्माण कार्य पूरा भएको छ।

          वाटर क्यूब नाम दिइएको राष्ट्रिय जल-क्रिडा केन्द्र र राष्ट्रिय खेलकुद शाला आदि ओलम्पिकका मुख्य रंगशाला र खेलकुद स्थलको नयाँ डिजाइन, र आनन्दसँग प्रतियोगिता हेर्नसक्ने वातावरणलाई खेलाडी, दर्शक, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अधिकारी र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उच्च मूल्यांकन गरेका छन।

          ओलम्पिक खेलकुदको समाचार संकलनमा आठ पल्ट संलग्न अमेरिकाको एन बी सी स्पोर्टका कार्यक्रम अधिकृत नीलले वाटर क्यूबको निरीक्षण गरेपछि भन्नुभयोः

          पौडी प्रतियोगिता ओलम्पिक खेलकुदको एक स्वागतलायक खेल हो। हामी अमेरिकीहरु यस खेललाई झन मन पराउँछौं। वाटर क्यूब एक निकै शानदार जल-क्रिडा केन्द्र हो। मैले आठवटा ओलम्पिक खेलकुदमा समाचार संकलन गरिसकेको छु। त्यहाँ देखेकामध्ये यो नै मैले देखेको सबैभन्दा उत्तम रंगशाला हो। यहाँबाट प्रसारित टेले-समाचारले विश्वभरिका दर्शकहरुलाई निकै खुशी तुल्याउने विश्वास मलाई लागेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040