china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बेइजिङ्ग ओलम्पिकलाई बदनाम गराउन तिब्बती शरणार्थीहरु नेपालमा क्रियाशील भएको नेपालका लागि चिनियाँ राजदुतले बताउनुभएको छ।   
    (GMT+08:00) 2008-06-17 17:03:34    

          आज भक्तपुरमा आयोजिक एक कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत चङ्ग सियाङलिनले सो कुरा व्यक्त गर्नुभएको हो। पत्रकार समाज भक्तपुरारा प्रकाशित 'तिब्बतभित्र र यथार्थ' पुस्तकको विमोचन गर्दै राजदुत सियाङलिनले तिब्बतमा हिंसा भड्काउने काम दलाई गुटले गरेको पुष्टि भएको बताउनुभयो। तिब्बतलाई चीनबाट अलग गराउने खालका कुनै पनि गतिविधिलाई चीन सरकारले नसहने उल्लेख गर्दै राजदुत सियाङलिनले तिब्बतमा पुर्ण शान्ति स्थापना भइसकेको जानकारी गराउनुभयो।

             आगामी अगष्ट 8 तारिखबाट बेइजिङ्गमा सुरु हुने 29 औं गृष्मकालीन ओलम्पिकको भव्य तयारी भइरहेको र यो खेलकुद अद्बित्तीय रुपमा सफल हुने कुरामा चिनियाँ राजदुतले जोड दिनुभयो। चिनियाँ राजदुतले कार्यक्रममा बोल्दै भन्नुभयो "नेपालमा रहेका तिब्बती शरणार्थीहरु बेइजिङ्ग ओलम्पिकलाई बदनाम गराउन क्रियाशील रहेका छन्।" नेपाल सरकारले एक चीनको नीतिलाई अङ्गीकार गरेको भए पनि नेपालको भुमि प्रयोग गरेर चीन बिरोधी गतिविधि पुर्ण रुपमा नरोकिएको पनि बताउनुभयो।

             कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले दलाई लामा वौद्धभिक्ष नभएर दासहरुको मालिक भएको बताउनुभयो। बाहिर बाहिर शान्तिको कुरा फलाक्ने तर भित्रभित्र हत्या र हिंसाको बिजारोपण गर्ने दलाई लामा पश्चिमी उक्साहट र पैसामा चीनलाई टुक्र्याउन लागेकोमा नेपालीहरुले उनको घोर विरोध गर्नुपर्ने कुरामा अध्यक्ष विजुक्छेले जोड दिनुभयो। चीन नेपालको असल छिमेकी राष्ट्र भएको र चिनियाँ सहयोगले नेपालको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउँदै अध्यक्ष विजुक्छेले भन्नुभयो "नेपालको भुमि प्रयोग गरेर अमेरिकी र भारतीय पैसामा चीन विरोधी काम गर्नेलाई सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्छ।"

             आज बिहान 10 बजे भक्तपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सो कार्यक्रम भएको थियो। कार्यक्रममा पत्रकार समाजका अध्यक्ष लक्ष्मण जोशी लगायतका व्यक्तिहरुले पनि मन्तव्य राख्नु भएको थियो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040