चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा बोल्दै छुन् स्याओ तेल र ग्याँस भण्डार पूरै चीनको सार्वभौमिक अधिकारको परिधिमा पर्ने र संयुक्त विकाससित केही सम्बन्ध नहुने कुरा दोहर्याउनुभयो।
आजको पत्रकार सम्मेलनमा पूर्वी समुद्रसम्बन्धी समस्यामा चीनको सधैंजसोको धारणा र अडानमा केही परिवर्तन नरहेको कुरा बताउँदै उहाँले पूर्वी समुद्रको रेखाङ्कन गर्ने समस्यामा चीनले तथाकथित मध्य रेखालाई मान्यता नदिने चीनको अडानमा केही परिवर्तन नरहेको कुरा बताउनुभयो।
हाल जापानी सञ्चार माध्यमले जनाएअनुसार, पूर्वी समुद्रसम्बन्धी समस्याबारे दुइ मुलुकबीच सम्झौता सम्पन्न भएको छ। यस सन्दर्भमा पूर्वी समुद्रसम्बन्धी समस्याबारेको सम्झौता-वार्तामा चीन र जापानले सर्वसम्मति हासिल गरेपछि उचितरुपमा सार्वजनिक गरिने कुरा पनि प्रवक्ता च्यांग युले बताउनुभयो।
|