|
स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भएको भूकम्पबाट प्रभावित क्षेत्रको पुन:निर्माणमा सहायता दिन चीन सरकारले पैचिङ, शांगहाई, क्वांग तुंग, च्यांग सु लगायतका उन्नाइसवटा प्रान्त तथा शहरहरुलाई तोकेको छ। सहायता दिने म्याद तीन वर्षसम्म हुनेछ।
चीन सरकारको वेभ-साइटले आज राज्य परिषदको सम्बन्धित निर्णय-प्रस्ताव सार्वजनिक गरेको छ। सो निर्णय-प्रस्तावमा स छ्वान प्रान्तका अठारवटा जिल्ला, कान सु प्रान्त तथा पल्लो शान सि प्रान्त लगायत भूकम्पबाट भयंकर रुपमा प्रभावित क्षेत्रलाई सहायता लिने पक्ष तोकिएको छ। "एउटा प्रान्त एउटा जिल्लालाई सहायता दिने" सिद्धान्त बमोजिम, चीनको केन्द्रीय सरकारले चीनको पूर्वी क्षेत्र तथा मध्य क्षेत्रमा पर्ने प्रान्त तथा शहरहरुलाई भूकम्प-सहायता उपलव्ध गराउन निर्देशन दिएको छ।
|