हाल हाम्रा सम्वाददाताले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय अनुशासन समिति तथा रेखदेख मन्त्रालयबाट जानकारी लिएअनुसार, इमानदारी र निष्कपटताका साथ उद्धार कार्य गर्नका लागि चीनले शक्तिशाली कदम चालिरहेको छ।
अचेल स व्छान् कान् सु शेन् सी प्रान्तमा भूइँचालोको प्रतिरोध र उद्धार सामग्री र रकमसम्बन्धी प्रान्तस्तरीय अनुगमन र जाँच-बुझ नेतृत्व दलको स्थापना भएको छ र उक्त तीनवटा प्रान्त मातहतका केही शहरमा पनि अनुकुल नेतृत्वदायी अंगको स्थापना पनि भएको छ।
स व्छान् कान् सू र शेन् सी गरी तीनवटा प्रान्तले उद्धार रकम र सामग्रीको उपयोगको अनुगमनमा सहभागी हुनका लागि समाजका विभिन्न पक्षका व्यक्तिहरुलाई बोलाएका छन।
यसका अतिरिक्त, चीनले भूइँचालोको प्रतिरोध र उद्धार सामग्रीको उपयोगसम्बन्धी ऐन विपरितका मुद्दामा मुछिएकालाई कडाइका साथ कारवाही गरेको छ।
|