साउदी अरेबियाको निमन्त्रणामा चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिंग बाइस तारिखका दिन साउदी अरेबियाको जिदाहमा आयोजना हुने अन्तर्राष्ट्रिय पेट्रोल सम्मेलनमा सहभागी हुनुहुने छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो।
यस सम्मेलनमा सहभागी विभिन्न पक्षले आपसी वार्ता तथा समन्वयलाई अरु सबल पारी पेट्रोलको मूल्य वृद्धिद्वारा अन्तर्राष्ट्रिय परिस्थितिमा ल्याइएको चुनौतिको समुचितरुपमा सामना गर्नसक्ने आशा चीनले गरेको कुरा पनि श्रीमती च्यांग युले वताउनुभयो।
प्रवक्ता च्यांग युका अनुसार, चीनलाई चाहिने ऊर्जा श्रोतको परिमाणमध्ये स्वदेशकै उत्पादनद्वारा हुने आपूर्ति नब्बे प्रतिशत भन्दा बढी पुगेको छ। चीनले सकारात्मक, आपसी हित तथा समानतामा आधारित अन्तर्राष्ट्रिय ऊर्जा श्रोतसम्बन्धी सहयोग गर्ने तथा अन्तर्राष्ट्रिय समाजमा ऊर्जा श्रोतसम्बन्धी नयाँ अवधारणाको विकास गर्ने अडान लिएको छ।
|