चीनको भूइँचालो प्रभावित क्षेत्रमा पहिलो ग्रीष्मकालीन वाल शिविर- राम्रो ग्रीष्मकालीन वाल शिविर हिजो शांग हाईको पूर्वी हरित क्षेत्रको अखडामा औपचारिकरुपमा शुरु भएको छ। स व्छान् प्रान्तको मिआन् जु शहरको थु मन् बस्ती प्राथमिक विद्यालयको पाँचौं कक्षाका बीसजना विद्यार्थीहरुले केन्द्रित र श्रृंखलाबद्ध हार्दिक स्याघर-सुसार ग्रहण गर्नेछन।
थाहा भएअनुसार, ग्रीष्मकालीन वाल शिविरको पहिलो चरणको समय दश दिन रहनेछ। सर्वप्रथम ग्रीष्मकालीन वाल शिविरको तरिकामार्फत मानसिक स्याहार-सुसार पुर्याएपछि दोस्रो र तेस्रो चरणको शिक्षा-दिक्षा चल्नेछ। त्यस बेला एघारजना शिक्षक-शिक्षिकाले चौबीस घण्टाको सहायता दिने कार्यक्रम छ। शिक्षक र शिक्षिकाहरुले विद्यार्थीहरुसित सँगसँगै बस्ने र खाने गर्नेछन। हरेक विद्यार्थीको अवस्थाबारे वैज्ञानिक तथ्यांक राखिने छ।
|