चीन र जापानले अचेल समानतामा आधारित सल्लाहमार्फत पूर्वी चीन समुद्रसम्बन्धी समस्याबारे सैद्धान्तिक सहमति भएको छ। चीनका उप-रराष्ट्र मन्त्री उ ता वैले आज पैचिंगमा बोल्दै पूर्वी चीन समुद्रको संयुक्त विकाससम्बन्धी विषयबारे चीन र जापानका बीच हासिल भएको सैद्धान्तिक सहमति र छुन् स्याओ तेल र ग्याँस भण्डारमा चीन र जापानको सहयोगात्मक विकास भनेको फरक कुरा हो भन्नुभयो।
श्री उ ता वैका अनुसार, पूर्वी चीन समुद्रको संयुक्त विकासबारे दुइ मुलुकका सरकारको तत्वावधानमा सल्लाह भएको छ, अनि छुन् स्याओ तेल र ग्याँस भण्डारको विकासबारे दुइ मुलुकका व्यवसायहरु बीच सल्लाह हुनेभएको छ। र सो सल्लाहमा सरकारले खालि निर्देशक भूमिका मात्र निर्वाह गर्नेछ।
|