china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्पको उद्धार कार्यमा महत्वपूर्ण विजय हासिल
    (GMT+08:00) 2008-06-19 17:09:05    

          चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष वु बांग कोले आज पैचिडमा बोल्दै चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भएको भूकम्पपछि पुन:उत्पादन तथा पुन:निर्माण कार्य व्यवस्थितरुपमा चल्दैआएको कुरा वताउनुभयो। उहाँले हाल भूकम्पग्रस्त क्षेत्रको सामाजिक परिपाटी स्थिर रहेको र जनताको मन शान्त छ भन्दै भूकम्पको उद्धार कार्यमा महत्वपूर्ण विजय हासिल भएको विचार व्यक्त गर्नुभयो।

          पाँचौं एशिया-यूरोप संसदीय सहयोग बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्री वु बांग कोले उक्त कुरा वताउनुभएको हो।

          श्री वु बांग कोका अनुसार, यस वर्षको मे बाह्र तारिखका दिन गएको यस पटकको भूकम्प नयाँ चीनको स्थापना भएदेखि यताको सबैभन्दा ठूलो विनाशकारी भूकम्प हो। भूकम्पपछिको उद्धार कार्यमा चीनले टड्कारो उपलव्धि हासिल गर्नुको मुख्य कारण चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थाको श्रेष्ठता, सुधार तथा खुलापनको नीतिको अवलम्बन गरिएको तीस वर्षदेखियता प्राप्त गरिएको विकास तथा चिनियाँहरुको आत्मनिर्भर भावना हो।

          यसका साथै, श्री वु बांग कोले यस पटकको भूकम्पपछिको उद्धार कार्यमा विश्वका धेरै मुलुक तथा जनताको सहायता पाएकाले आफूले चीन सरकार तथा चिनियाँ जनताका तर्फबाट अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040