चीनका उप-परराष्ट्र मन्त्री उ ता वैले आज पैचिंगमा बोल्दै पूर्वी चीन समुद्रसम्बन्धी समस्याको उचित समाधान गर्नु चीन र जापान दुबै पक्षको हितअनुकुल रहेको तथा त्यसबाट दुइ मुलुकबीचको संवेदनशील समस्याको समाधान गर्नका लागि दुबै पक्षको क्षमता र सदिच्छा रहेको कुरा प्रतिबिम्बित भएको कुरामा जोड दिनुभयो।
श्री उ ता वैले हाल पूर्वी चीन समुद्रसम्बन्धी विषयबारे चीन र जापानका बीच भएको संयुक्त विकासको सहमति खालि संक्रमणकालीन बन्दोबस्त हो भन्ने कुरामा जोड दिनुभयो। उहाँका अनुसार, भविष्यमा दुइ पक्षका बीच सम्झौता-वार्तामार्फत पूर्वी चीन समुद्रको कन्टिनेन्टल शेल्फको रेखांकन गर्ने समस्याको समाधान गर्नेछ।
यसका साथै, श्री उ ता वैले चीन र जापानका बीच तीनवटा सर्वसम्मति प्राप्त भएको कुरा बताउनुभयो। उहाँका अनुसार, यस पल्ट दुइ पक्षका बीच सम्बन्धित सर्वसम्मति प्राप्त भएकोमा यो कुरा पूर्वी चीन समुद्रको शान्ति र स्थिरता र ऊर्जा स्रोतका क्षेत्रमा चीन र जापानबीचको आपसी हितयुक्त सहयोग र चीन तथा जापानबीचको सम्बन्धको स्थिर र स्वस्थ विकासका लागि हितकर छ। चीन र जापानबीचको सम्बन्धको सुधार र विकास दुबै मुलुक र दुबै मुलुकका जनताको मौलिक हितअनुकुल छ र एशिया तथा विश्वको शान्ति र स्थिरता अनि विकासका लागि पनि हितकर छ।
|