
पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम आज चीनको उत्तर-पश्चिमी भागको शहर स ह च तथा छाङ्ग चिमा सफलताका साथ सम्पन्न भएको छ। यसरी सिन् च्याङ्ग-युगुर जातीय स्वायत्त प्रदेशमा ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम पूरा भएको छ।

आज सिन् च्यांग-युगूर जातीय स्वायत्त प्रदेशमा पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रमको अन्तिम दिन हो। विहान नौ बजेर तीस मिनेट जाँदा स ह चमा पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम शुरु भयो। पहिलो राँको वाहक चीनको नमूना-विमान खेलका च्याम्पियन हान् सिन् फिंग हुनुहुन्थ्यो। कूल एक सय चारजना राँको वाहक आजको कार्यक्रममा सहभागी भए।

स ह च शहरमा राँको घुमाउने कार्यक्रम सम्पन्न भएपछि आज दिउँसो तीन बजेर दश मिनेटदेखि छांग ची शहरमा राँको घुमाउने कार्यक्रम जारी रहनुका साथै आज दिउँसो पाँच बजेर पच्चीस मिनेटमा आजैको अन्तिम स्थल— छा्ङ्ग चि या सि चोकमा पुग्यो।
एकाईस तारिख पैचिङ्ग ओलम्पिक खेल्कुदको ज्योति रिले कार्यक्रम चीनको तिब्बत स्वायत्त प्रदेशमा जारी रहने छ।
|