पाकिस्तानस्थित चीनका राजदूत लो चाउ ह्वीले पाकिस्तानले चीनको वन छुआनमा गएको भूकम्प सम्बन्धी उद्धार कार्यलाई दिएको समर्थन र सहयोगप्रति धन्यबाद व्यक्त गर्नका लागि हिजो राजदूताबासमा एक समारोहको आयोजना गर्नुभयो।
श्री लो चाउ ह्वीले चिनियाँ जनताको कठिनाइको सामना गर्न पाकिस्तान सरकार र जनताले उद्धार दिएकोबाट चीन र पाकिस्तानबीचको गहिरो मित्रता देखिएको कुरा वताउनुभयो। पाकिस्तान सरकर र जनता लगायत अन्तर्राष्ट्रिय समाजको समर्थनमा चीन सरकार र जनताले जन्मथलोको पुनःनिर्माण गर्ने विश्वास लिएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।
पाकिस्तान राष्ट्रिय उद्धार प्रतिरोध व्यूरोका प्रमुख फारुक आहमेद खानले चीनको वन छुआनमा भूकम्प गएपछि पाकिस्तानले सक्दो प्रयास गरी चीनलाई उद्धार गरेको कुरा वताउनुभयो।
पाकिस्तानका गृह मन्त्री नाजार मुहामाद खोन्दाल र चीनको भूकम्पप्रकोप क्षेत्रमा गएको पाकिस्तानी चिकित्सक टोली आदि साठी जनाभन्दा बढी मानिसहरुको उक्त समारोहमा उपस्थिति रहेको थियो।
|