चीनस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि हानस ट्रोदसनले आज पैचिङमा बोल्दै अहिलेसम्म स छ्वानको भूकम्पग्रस्त क्षेत्रमा सरुवा रोग भेटिएको समाचार प्राप्त नभएको कुरा वताउनुभयो।
जुन तेह्र तारिखदेखि सोह्र तारिखसम्म विश्व स्वास्थ्य संगठन अन्तर्गत चिकित्सक प्रणालीको पुन:निर्माण सम्बन्धी विशेषज्ञ टोलीले स छ्वानको निरीक्षण गरेको थियो। श्री हानस ट्रोदसनले आज सञ्चार माध्यमसँग सो निरीक्षणको अवस्थाबारेका विवरण प्रस्तुत गर्नुका साथै स छ्वानको भूकम्पग्रस्त क्षेत्रमा गएका चिकित्सकहरुको व्यावसायिक संलग्नताको उच्च मूल्यांकन गर्नुभयो।
स छ्वानमा भूकम्प गएदेखि यता विश्व स्वास्थ्य संगठनले विविध तरिकामार्फत चीन सरकारको कार्यको समर्थन गरेको छ।
|