चीनको बौद्ध धर्म संघका कार्यकारी निर्देशक र बौध धर्म संघको तिव्वत शाखाका उपप्रमुख अवतार चिगुनछ्युंगछांग लोसांग छाम्बाले बोल्दै भोलि ल्हासामा आयोजना हुने पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम तिव्वती जनताको गौरव रहेको कुरा बताउनुभयो। तिव्वती बौद्धधर्मको पक्षका एकजना व्यक्तिको हैसियतमा रहेर उहांले ओलिम्पिक खेलकुदको ज्योति आगमनको अपेक्षा गर्नुभएको छ ।
चिगुनछ्युंगछांग लोसांग छाम्बाको दृष्टिकोणका अनुसार ओलिम्पिक खेलकुदको ज्योति र बालिएको मक्खनको बत्ति जस्तै मंगल र सुरक्षाको प्रतीक हो ।
चिगुनछ्युंगछांग लोसांग छाम्बाको अनुसार ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रममा केही खुशी नभएको घटना उत्पन्न भए ता पनि अति थोरै पृथक्तावादी तत्वहरुले अधिकांश तिव्वती जातिका जनताको प्रतिनिधित्व गर्न नसक्ने बताउँदै उहांले पैचिंग ओलिम्पिक खेलकुद सफल होस् भन्ने कुराको हार्दिकताका साथ प्रार्थना पनि गर्नुभएको छ ।
|