|
चीनको राज्य परिषद् अन्तर्गत प्रेस कार्यालयले आज सार्वजनिक पछिल्लो तथ्यांक अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म चीनले पाएको स्वदेश र विदेशद्वारा चन्दास्वरुप दिइएका रकम तथा मालसामानको मूल्य छयालीस अर्ब अन्ठान्उन्न करोड चिनियाँ युआन पुगेको छ भने भूकम्पग्रस्त क्षेत्रलाई छुट्याएको रकम तथा मालसामानको मूल्य पन्ध्र अर्ब साठी करोड नब्बे लाख चिनियाँ युआन पुगेको छ।
चिनियाँ नागरिक मामिला मन्त्रालयका अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूकम्पमा परी मृत्यूवरण गरेकाको संख्या उनान्सत्तरी हजार एक सय असी पुगेको छ भने सत्र हजार तीन सय अन्ठान्नब्बे जना मानिसहरु अझ पनि बेपत्ता भई रहेका छन।
|