चिनियां कम्युनिष्ट पार्टीको केन्द्रिय अनुशासन समितिका उपसचिव तथा भूइंचालोको प्रतिरोध र उद्धार कार्य सम्बन्धी सामग्रीको अनुगमन र जांचबुझ गर्ने केन्द्रिय नेतृत्वदायी दलका प्रमुख ह युंगले आज पैचिंगमा बोल्दै सबै उद्धार सामग्रीहरुलाई अनुगमन र जांचबुझको नजरमा राख्नु पर्ने कुरा बताउनुभयो । जसबाट प्रकोपग्रस्त क्षेत्र तथा त्यहांका नरनारीहरुका लागि सामग्री र रकमको सच्चा र प्रभावकारी रुपमा उपयोग गराउन सकियोस् ।
ह युंगका अनुसार अनुशासनको कडा रुपमा पालना गर्नु पर्छ भूइंचालोको प्रतिरोध र उद्धार कार्यको सामग्रीहरु व्यवस्थापन र उपयोगका क्रममा देखा पर्ने ऐन विपरित गतिविधिलाई यथाशीघ्र र गम्भीरताका साथ कारवाही गर्नु पर्छ।
|