पैचिंग ओलिम्पिक खेलकुद र प्यारा ओलिम्पिक खेलकुदको अवधिमा सवारी सामान्य रुपमा सन्चालन गर्न र वायु गुणस्तर राम्रो पार्नका लागि पैचिंगको सम्बन्धित विभागले आज घोषणा गरे अनुसार जूलाई बीस तारीखदेखि सेप्टेम्बर बीस तारीखसम्म पैचिंगका मोटरगाडीका चालकहरुले गाडी नम्वरका आधारमा जोर संख्याको गाडी जोर दिनमा चल्ने र विजोर संख्याको गाडी विजोर दिनमा चलाउन पाउनेछन् ।

यसका अतिरिक्त पैचिंगबाहिरका ट्रकहरु पनि यस अवधिमा शहरबाहिर मात्रै चल्नेछन् ।
थाहा भए अनुसार सार्वजनिक बस टेक्सी ओलिम्पिक खेलकुदका लागि विशेष उपयोगी गाडी र राजदूतावासका गाडीहरु उक्त नियन्त्रणमा पर्दैनन् । पैचिंग ट्राफिक समितिका उपप्रमुख चौ चन् युका अनुसार उक्त कदमले पैचिंगका सामु आइपर्ने सवारीको दवावलाई ठूलो पैमानामा खुकुलो पार्नेछ ।
|