आज चीनको तिव्वत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा शहरमा पैचिंग औलिम्पिक खेलकुदको दीप रिले कार्यक्रम सम्पन्न भएको छ।

आजको रिले कार्यक्रम नोर्बोलिन्खा पार्क-चोकबाट सुरु भएको थियो। कार्यक्रम सुरु हुनुभन्दा अघि स व्छान प्रान्तको वन् व्छान्मा गएको भूइचालोमा परी मरेकाहरुलाई श्रद्धान्जली चढाउनका लागि तत्स्थानका सबै मानिसहरुले सामूहिक रुपमा एक मिनेटसम्म मौन धारणा गरेका थिए।

बिहान नौ बजेर पन्ध्र मिनेट जांदा प्रख्यात तिव्वती जातिका पर्वतारोही गोंग्बुले पहिलो दीपवाहकका रुपमा रिले कार्यक्रमको सुरुवात गर्नुभएको थियो । आजको कार्यक्रमको कूल लम्बाई नौ दशम्लब तीन किलोमिटर रहेको छ।

बाइस तारीखका दिन चीनको पश्चिमी भागमा पर्ने छिंग हाइ प्रान्तमा पैचिंग ओलिम्पिक खेलकुदको रिले कार्यक्रम हुने भएको छ।
|