चिनियाँ कम्युनिष्ट युथ लिगबाट प्राप्त समाचार अनुसार, स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूकम्पपछि त्यसको उद्धारका लागि स्वदेश र विदेशका स्वयसेवकहरुको संख्या करिब तेह्र लाख जना भूकम्पग्रस्त क्षेत्र गएका छन।
थाहा भए अनुसार, मेइ बाह्र तारिख वन छ्वानमा भूकम्प गएको दिन पहिलो स्वयंसेवक टोलीले भूकम्पग्रस्त छंग तु शहरको तु च्यांग येन पुगेर पाल गाड्नुका साथै घाइतेहरुको उपचार गर्न अस्पताललाई सहायता दिएको थिए। ती स्ययंसवकहरु चीनको विभिन्न ठाउँबाट आउनुका साथै क्यानाडा, अमेरिका, रुस, जापान तथा सिंगापुरबाट पनि आएका हुन्।
|