चीनको नागरिक मामिला मन्त्रालयले जनाएअनुसार, आज मध्यान्ह बाह्र बजेसम्म चीनको स छ्वानको वन छ्वानमा भएको बिनाशकारी भूकम्पमा परी मर्ने मानिसहरुको संख्या जम्मा उन्नसत्तरी हजार एक सय एकासी पुगेको छ। सो घटनामा परी तीन लाख चौहत्तर हजार एक सय एकसट्ठीजना घाइते भएका छन भने अठार हजार चार सय अन्ठानब्बेजना अझै हराइरहेका छन।
आज मध्यान्ह बाह्र बजेसम्म चीनका विभिन्न स्तरीय सरकारले भूइँचालोको प्रतिरोध र उद्धार कार्यका लागि चौवन्न अर्ब तीस करोड चिनियाँ युआन्भन्दा बढी रकम लगाएका छन् र राष्ट्रभरिमा प्राप्त स्वदेशी र विदेशी चन्दास्वरुप रकम र सामग्रीको कूल परिमाण बाउन्न अर्ब चालीस करोड चिनियाँ युआन्भन्दा बढी पुगेको छ।
|