 रंगशालाको निर्माणका अतिरिक्त, पैचिंग ओलम्पिक खेलकुदको समाचार संकलन गर्नआएका सञ्चार माध्यमका लागि सेवा कार्य पनि सुचारुरुपमा संचालन भैरहेको छ। अप्रिलको अन्ततिर पैचिंग ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्र र अन्तर्राष्ट्रिय प्रसारण केन्द्रको मुख्य भाग परीक्षणमा उत्तिर्ण भएको छ। पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिको सञ्चार माध्यमसम्बन्धी टोलीले प्रतियोगिताअघिको तयारी कार्य शुरु गरेको छ।
मुख्य प्रेस केन्द्र र अन्तर्राष्ट्रिय प्रसारण केन्द्रलाई पैचिंग ओलम्पिक खेलकुदको समाचार संकलन गर्नआएका सञ्चार माध्यमका लागि मुख्यालय मानिन्छ। ती दुइवटा केन्द्रमार्फत बीस हजारभन्दा बढी सञ्चारकर्मीहरुले विश्वभरि ओलम्पिक खेलकुदका समाचारहरु पठाउने छन। पैचिंग ओलम्पिक खेलकुद संयोजन समिति मातहत सञ्चार माध्यमसम्बन्धी विभागका प्रमुख सुन वै च्याले यसबारे जानकारी दिंदै भन्नुभयोः ती दुइवटा केन्द्रको क्षेत्रफल निकै ठूलो छ र यस अघिका कुनै पनि ओलम्पिक खेलकुदमा यति राम्रो केन्द्रको व्यवस्था थिएन। यसमा पहिलो पल्ट ग्रिष्मकालीन ओलम्पिक खेलकुदमा पत्रकारहरुका लागि तारहरित इन्टरनेट सेवा उपलव्ध गराइने छ। यसका अतिरिक्त, पहिलो पल्ट उच्च स्तरीय प्रबन्धव्दारा टेलिभिजन कार्यक्रमहरुको पुनर्प्रसारण गरिने छ। मुख्य प्रेस केन्द्रका भवनहरुमध्ये पहिलो पल्ट सञ्चार माध्यमका लागि तारे होटेल बनाइएको छ।

सञ्चार माध्यमका लागि यस्तो राम्रो सेवाको व्यवस्था गरिएकाले कतारको अल जाजीरा मातहत खेलकुद च्यानलका पत्रकार मामौन सादाले भन्नुभयोः
सबै तयारी कार्य निकै राम्रो छ। सेवा पनि धेरै राम्रो छ। सञ्चार माध्यमसम्बन्धी कार्यमा मेरो कुनै चिन्ता छैन। मुख्य प्रेस केन्द्रमा होटेल पनि छ। यसबाट विभिन्न मुलुक र विभिन्न जातिका पत्रकारहरुका लागि सेवा दिने सबै व्यवस्था मिलाइएको छ, जस्तो मु्स्लिमहरुका लागि खानेकुरा, क्रिस्चियनहरुका लागि प्रार्थना स्थल सबैको राम्रो व्यवस्था मिलाइएको छ।

पैचिङ शहरको वायुको गुणस्तर समस्या सधैं विश्वको जनमतले ध्यान दिएको विषय हो। बितेका केही वर्षदेखि यता चीन सरकार तथा पैचिङ नगर सरकारको प्रयासमा पैचिङ शहरको वायुको गुणस्तरमा झन-झन सुधार हुँदैआएको छ। यसबारे अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जाक्वेस रोगेले भन्नुभयो,
चीन सरकारले वायु प्रदूषणसम्बन्धी समस्याको समाधानका लागि चालेका धेरै प्रभावकारी कदमको प्रसंसा हामीले गरेका छौं जसले पैचिङ ओलम्पिक खेलकुदका लागि मात्र नभई दिर्घकालीन अवधिको सोच-विचारबाट वातावरणीय समस्याको समाधान गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्नेछन।
|