china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शान् सी प्रान्तमा पहिलो दिनको पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न
    (GMT+08:00) 2008-06-25 18:26:31    

            आज मध्य चीनको शान् सि प्रान्तमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रमको पहिलो दिनको कार्य सम्पन्न भएको छ ।

             शान् सी प्रान्तमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योतिको पहिलो दिनको रिले कार्यक्रम युन् छन् शहर र फिंग याउ जिल्लामा भएको हो । युन् छन् शहरमा पहिलो ज्योतिवाहक चीनका प्रख्यात हाते-बल खेलाडी चांग वै होंग हुनुहुन्छ । बिहान आठ बजेतिर ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सुरु भएको थियो । युन् छन्‌मा रिले कार्यक्रमको लम्बाई नौ दशम्लब आठ किलोमिटर रहेको छ र एक सय चारजना ज्योतिवाहकहरु सहभागी भएका थिए ।

             

                प्राप्त अर्को समाचार अनुसार दिउँसो तीन बजेर दश मिनेट जांदा प्राचीन नगर फिंग याउ जिल्लामा पनि ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सुरु भएको छ। सो कार्यक्रमको कूल लम्बाई पांच दशम्लब पांच किलोमिटर रहेको छ र एक सय चारजना ज्योतिवाहक सो कार्यक्रममा सहभागी भएका थिए ।

               छबीस तारीखदेखि सत्ताइस तारीखसम्म पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम थाइ युआन् र ता थोंग शहरमा दुइ दिनसम्म हुने कार्यक्रम रहेको जनाइएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040