china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि.आर.आई. नेपाली सेवाको तैंतीसौं वाषिकोत्सवका अवसरमा भोलि काठमाडौँमा सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालले विशेष कार्यक्रममा आयोजना गर्ने भएको छ
    (GMT+08:00) 2008-06-25 21:19:31    

             चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सि.आर.आई. नेपाली सेवाको तैंतीसौं वाषिकोत्स भोलि नेपालमा भव्य कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालले आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल र चीनबीचको सम्बन्धमा सि.आर.आई.ले पुर्याएको योगदानको समीक्षा गरिने कुरा सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले सि.आर.आई.लाई बताउनुभयो । सन् 1975 को जुन 25 तारिखमा सि.आर.आई. नेपाली सेवा स्थापना भएको हो ।

                 कार्यवाहक अध्यक्ष घिमिरेले बताए अनुसार भोलिको कार्यक्रममा राष्ट्रिय परिषदका सम्पूर्ण पदाधिकारीहरु, सि.आर.आई. नियमित सुन्ने श्रोताहरु, नेपाल र चीनबीचको मैत्री सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्वहरु लगायतका महानुभावसँगै काठमाडौँस्थित चिनियाँ दूतवासका प्रतिनिधिहरु उपस्थिति रहनुहुनेछ । चिनियाँ दूतावासको संस्कृति विभागका प्रमुख तथा प्रथम सचिव चेन युली तथा फान गोपिङ्ग राष्ट्रिय परिषदले भोलि आयोजना गर्ने कार्यक्रममा विशेष अतिथिको रुपमा आउनुहुने परिषदका सचिव दुर्गा घिमिरेले बताउनुभयो ।

                 नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्याउनका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । दुई देशबीचको सम्बन्धमा सि.आर.आई.ले पुर्याएको योगदानलाई नेपाल र नेपालीले मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् ।

                 सन् 1996 मा सि.आर. आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल स्थापना भएको हो । राष्ट्रिय परिषद स्थापना भएपछि प्रत्येक वर्ष जुन 25 तारिखका दिन सि.आर.आई. नेपाली सेवाको वाषिकोत्सवलाई नियमित रुपमा मनाउँदै आएको छ । नेपालमा श्रोता क्लबको सुरुआत सन् 1983 तिर चितवनमा प्रकाशबाबु पौडेलले गर्नुभएको हो । उहाँले तत्कालीन रेडियो पैचिङ्ग मितेरी श्रोता क्लब भनेर सुरु गर्नुभएको अभियानले सन् 1996 मा उहाँकै अध्यक्षतामा सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपाल गठन भएको हो । अहिले नेपालमा सि.आर.आई. सुन्ने श्रोताका सातसयको हाराहारीमा श्रोता क्लबहरु क्रियाशील छन् । यी श्रोता क्लबहरुको छाता संस्थाको रुपमा राष्ट्रिय परिषद रहेको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040