राज्य परिषद् अन्तर्गत प्रकोपको प्रतिरोध र उद्धार सामान्य निर्देशनायलको आधिकारीक जानकारीलाई चीनको राज्य परिषद्को प्रेस कार्यालयद्वारा सार्वजनिक गरिए अनुसार आज मध्यान्ह बाह्र बजेसम्म स व्छान् प्रान्तमा गएको भूइंचालोले उनन्सत्तरी हजार एक सय पचासी जनाको मृत्यु हुनुका साथै तीन लाख चौहत्तर हजार एक सय चौहत्तर जना घाइते भएका थिए र अठार हजार चार सय सन्ताउन्न जना अझ पनि बेपत्ता रहेका छन् ।
आज मध्यान्ह बाह्र बजेसम्म चीनका विभिन्न स्तरीय सरकारले भूइंचालोको प्रतिरोध र उद्धार कार्यका लागि चौवन्न अर्ब साठी करोड चिनियां युआन्को रकम लगाएका छन् । राष्ट्रभरमा चन्दाका रुपमा विदेश र स्वदेशका विभिन्न पक्षबाट प्राप्त भएका सामग्री र रकमको कूल परिमाण झण्डै त्रिपन्न अर्ब नव्वे करोड चिनियां युआन् पुगेको छ ।
|