राज्य परिषदको भूकम्पको सामना तथा प्रकोपबाट उद्धार सम्बन्धी निर्देशननालयको आधिकारीक तथ्याङ्कलाई चीनको राज्य परिषद मातहत प्रेस कार्यालयले प्रकाशित गरेको समाचार अनुसार सताइस तारिख मध्यान्ह बाह्र बजेसम्म स छुआनको वन छुआन जिल्लामा गएको भूकम्पका क्रममा उनन्सतरी हजार एक सय छयासी जनाको मृत्यु भएको छ भने तीन लाख चौहत्तर हजार एक सय चौहत्तर जना घाइते भएका छन् । यसकासाथै अझ पनि अठार हजार चार सय सन्ताउन्न जना बेपत्ता भएका छन् ।
सताइस तारिख मध्यान्ह बाह्र बजेसम्म चीनले स्वदेश र विदेशका समाजका विभिन्न तहबाट चन्दा स्वरुप प्रदान गरिएका रकम र सामानहरुको कुल मूल्या चवन्न अर्ब दश करोड युआन पुगेको छ भने प्रकोपग्रस्त क्षेत्रमा दिइएका रकम र सामानहरु जम्मा गरी उन्नाइस अर्ब दश करोड युआन पुगेको छ ।
|