china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल चीन मैत्री सम्बन्धमा कार्यरत नेपालका विभिन्न संघसंस्थाहरुले सि.आर.आई. नेपाली विभागलाई बधाई तथा शुभकामना दिएका छन्
    (GMT+08:00) 2008-06-27 19:54:04    

            सि.आर.आई. नेपाली सेवाले अत्यन्त सफलतापूर्वक 33 वर्ष पार गरेकोमा विभिन्न संघसंस्थाहरुले सि.आर.आई. नेपाली विभागलाई बधाई तथा शुभकामना दिएका छन्। यसरी शुभकामना दिने संस्था तथा व्यक्तिहरुमा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी, नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराई, अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाह रहनु भएको छ ।

                चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले सि.आर.आई.ले सफलतापूर्वक 33 वर्षहरु पार गरेकोमा आफूलाई अत्यन्त खुशी लागेको बताउँदै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्याउनका लागि सि.आर.आई.ले कोशेढुङ्गाको काम गरेको बताउनुभयो । अध्यक्ष रेग्मीले भन्नुभयो "हिजोका अत्यन्त चुनौतिपूर्ण र कठिन दिनलाई त सि.आर.आई.ले पूरा गरेर आयो भने अब भविष्यमा अझै सफलता पाउने कुरामा म विश्वस्त छु ।"

                सन् 1975 को जुन 25 तारिखमा सि.आर.आई.को जन्म भएदेखि नै अनवरत रुपमा नेपाली भाषाबाट चीनको बारेमा श्रोताहरुलाई सही जानकारी दिएको बताउँदै अध्यक्ष रेग्मीले नेपाल र चीनबीचको सम्बन्धमा सि.आर.आई.को योगदानलाई सुनौलो अक्षरले लेखिनुपर्ने बताउनुभयो ।

                नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले सि.आर.आई. नेपाली विभागको 33 वर्षको यात्राले दुई देशबीचमा साझा संस्कृतिको विकास गरेको बताउनुभयो । अध्यक्ष भट्टराईले दुवै मुलुक भौगोलिक रुपले अत्यन्त निकट भएपनि एकअर्कामा जानकारी गराउने माध्यमको अभाव भएको बेला सि.आर.आई.ले नेपाली भाषामा सेवा सुरु गरेर नेपालीहरुलाई ठूलो गुण लगाएको भन्दै यसको प्रशंसा गर्नुभयो ।

                त्यसैगरी अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले नेपाल र चीनबीचको सम्बन्धमा सि.आर.आई. जनताबीचको साझा कडी भएको बताउनुभयो । उहाँले भन्नुभयो "विगत 33 वर्षमा सि.आर.आई.ले नेपालीहरुमा चीनको बारेमा जति जानकारी छरेको छ त्यो अन्य कुनै माध्यमसँगै तुलना हुनसक्तैन । यस्तो कार्यका लागि म सि.आर.आई.लाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको शुभकामना दिन्छु ।"

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040