
आज बिहान पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम चीनको तोंग फंग अन्तरिक्ष उड्यान नगरमा सफलताका साथ सम्पन्न भएको छ ।

उक्त रिले कार्यक्रमको कूल लम्बाई आठ किलोमिटर रहेको छ र कार्यक्रममा बाइसजना ज्योतिवाहकहरु सहभागी भएका थिए ।

चीनको पश्चिमी भागको कान् सू प्रान्त स्थित च्यु छ्युआन् उपग्रह प्रक्षेपण केन्द्रको अर्को नाउं तोंग फं अन्तरिक्ष उड्यान नगर पनि भनिन्छ । त्यो चीनको वैज्ञानिक उपग्रह प्राविधिक परीक्षण उपग्रह तथा मालवाहक रकेटको प्रक्षेपण गर्ने प्रयोगात्मक अखडाहरुमध्येको एक हो । त्यो चीनको सबैभन्दा पहिले निर्माण भएको र सबैभन्दा ठूलो पैमानाको उपग्रह प्रक्षेपण केन्द्र हो । त्यो हाल चीनको एक मात्र यात्रुवाहक अन्तरिक्ष उडानको प्रक्षेपण थलो हो ।

|