
चीनको उत्तर-पश्चिमी भागमा पर्ने नीङ स्या ह्वी जातीय स्वायत प्रदेशमा आयोजित पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रमको पहिलो दिन सम्पन्न भएको छ। उक्त कार्यक्रमको कूल दूरी सत्र दशमलब नौ छ किलोमिटर जति छ जसमा जम्मा दुइ सय आठजना राँको बाहकहरुले भाग लिए।

आजको कार्यक्रमको दौड समारोह शुरु हुनुअघि कार्यक्रममा सहाभागी सबैले स छुआनको वन छुआन जिल्लामा भएको भूकम्पमा परी मारिएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए र चन्दा पनि दिएका थिए।

भोली र पर्सि पवित्र राँको रिले कार्यक्रम नीङ स्या ह्वी जातीय स्वायत्त प्रदेशको उ चुङ शहरमा आयोजना हुने छ।
|