china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालमा दैनिकजसो चीन बिरोधी गतिविधि भएकोमा आफ्नो व्यवसायमा समेत नराम्रो असर परेको चाइना साउथन एयरलाइन्सले बताएको छ
    (GMT+08:00) 2008-06-30 20:37:53    
            नेपालमा भइरहेको चीन बिरोधी गतिविधिलाई पूर्णतया रोक लगाउनुपर्ने चाइना साउथन एयरलाइन्सको काठमाडौँ शाखाका महाप्रवधन्क भिमसेन्टले बताउनुभएको छ । सि.आर.आई.सँग कुरा गर्दै भिमसेन्टले तथाकथित तिब्बती शरणार्थीका नाममा भइरहको विरोध तथा गतिविधिले एयरलाइन्सको व्यवसायमा समेत घाटा पुगेको छ ।

             गतवर्षदेखि मात्र काठमाडौँ ग्वान्जाउ उडान गर्दै आएको चाइना साउथन एयरलाइन्सले सुरुमा जुन गतिमा व्यापार गरिरहेको थियो अहिले त्यो गतिमा व्यापार भएको छैन । हप्ताको तीन दिन उडान गर्दै आएको एयरलाइन्सले उडान बढाउने लक्ष्य राख्ताराख्तै गत मार्च महिनादेखि चीन बिरोधी गतिविधि भएकाले उडानलाई घटाएर हप्ताको दुईदिनमा सीमित बनाएको छ ।

             चाइना साउथन एयरलाइन्सको कार्यालय चिनियाँ दूताबासको भिसा शाखाको नजिकै भएको र दैनिक विरोधको कार्यक्रम भिसा शाखाको अगाडि हुने गरेकोले आफूले दैनिक बिरोधलाई नजिकैबाट हेरेको महाप्रवन्धक भिमसेन्टले बताउनुभयो । उहाँका अनुसार बिरोधमा उत्रिएकाहरुमा पश्चिमी देशका नागरिकहरु पनि भएकाले विरोध पश्चिमी देशको प्रायोजनमा भएको उहाँले दावी गर्नुभयो । नेपाल सरकारले चीन बिरोधी गतिविधि गर्न रोक लगाएको भए पनि विरोधकर्तालाई पक्रिने काम औपचारिकता मात्र भएको उहाँले बताउनुभयो ।

              दलाइ गुटले नेपालको भूमि प्रयोग गरेर आगामी अगष्टमा हुने बेइजिङ्ग ओलम्पिकलाई भाँड्न खोजेको पनि उहाँले बताउनुभयो । नेपालमा दैनिक चीन बिरोधी गतिविधि हुने गरेकाले काठमाडौँबाट ग्वाङ्जाउ उड्ने यात्रीको संख्या पनि घटेको उहाँले बताउँदै चीनमा भएको प्राकृतिक प्रकोप तथा चीनबिराधी गतिविधि दुवैले हाम्रो व्यापारमा घाटा भएको छ ।

              गत मार्च महिनादेखि चीनले आफ्नो सुरक्षा स्थितिलाई मजबुत बनाएको तथा भिसा वितरणलाई अत्यन्त कडा बनाएकाले पनि जोकोही यात्री चीनको भ्रमण गर्न नपाउने अवस्था रहेको छ । यस्तो अवस्थामा पनि नेपालबाट चीनको यात्रा गर्ने यात्री घटेकाले चाइना साउथन एयरलाइन्सलाई थप घाटाको महसुस भएको छ ।

              चेतनाथ आचार्य

             सि.आर.आई.

              काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040