china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "बर्डस नेस्ट"व्दारा ओलम्पिक खेलकुदको परीक्षण प्रतियोगितामा आफ्नो आकर्षण देखाइएको
    (GMT+08:00) 2008-07-01 08:53:48    

          "सौभाग्य पैचिङ्ग" 2008 अन्तर्गत चिनियाँ ट्रेक एण्ड फिल्डको खुला प्रतियोगिता मे महिनाको बाइस तारिखका दिन चीनको राष्ट्रिय रंगशालामा शुरु भएको छ। "नेस्ट बर्ड" नाम दिइएको राष्ट्रिय रंगशाला पैचिङ्ग ओलम्पिक खेलकुदको मुख्य रंगशाला हो। ओलम्पिक खेलकुदको उद्घाटन र विर्सजन समारोह त्यहीं आयोजना हुने छन भने ट्रेक एण्ड फिल्ड आदि खेलहरुको प्रतियोगिता पनि त्यही‍ गर्नलागिएको छ। पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका तीसभन्दा बढी रंगशालाहरुमध्ये यो नै निसन्देह सबैभन्दा बढी आर्कषक रंगशाला हुनेछ। 

          जालीरुपी इस्पाते बनौटको बाहिरी भागबाट हेर्दा यो चराको गुँडजस्तै देखिन्छ। त्यसैले मानिसहरु यस राष्ट्रिय रंगशालालाई "बर्डस नेस्ट" भन्दछन। त्यसको निर्माण कार्य सन् 2003 को डिसेम्बर चौबीस तारिखदेखि शुरु भएको हो। त्यसको क्षमता एकानब्बे हजार मानिस रहेको छ।

          चार दिने "सौभाग्य पैचिङ्ग" 2008 चिनियाँ ट्रेक एण्ड फिल्डको खुला प्रतियोगिअन्तर्गतका विविध खेलहरु साँच्चिकै ओलम्पिक खेलकुद प्रतियोगिताताका जस्तै प्रतिष्पर्धाले युक्त भएका छन्। प्रतियोगितामा छयालीसवटा खेल समावेश गरिएको छ जसमा एघारवटा मुलुक र क्षेत्रका नौ सय बत्तीसजना खेलाडी र एक्काईसजना अपाङ्ग खेलाडीहरु सहभागी हुनुभएको छ। यस पटकको प्रतियोगिताको उद्देष्य खेलाडीहरुलाई वास्तविक एवम् क्रिडा स्थलको परिचय गराउनुका साथै सो रंगशालाका प्रबन्ध र सेवा स्तरको परीक्षण गर्नु पनि हो।

          यसअघि ओलम्पिक खेलकुद प्रतियोगितामा एक सय दश मिटर अबरोध दौडमा स्वर्ण पदक विजेता चिनियाँ खेलाडी लीउ स्याङ्गले सो रंगशालाका प्रबन्धहरुको निकै उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँ भन्नुहुन्छ-

          प्रतियोगिता स्थलको वातावरण राम्रो छ। यसका विभिन्न पक्ष उच्च अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल भएको महसुस मैले गरेको छु। यहाँ पुगेका मानिसहरु एकदमै उत्साहसित भएका देखिन्छन।

          राष्ट्रिय रंगशाला लिमिडेटका उप-प्रबन्धक चाङ्ग हङ्ग लीले यसबारे जानकारी दिंदै के कुरा बताउनुभएको छ भने, "बर्डस नेस्ट" रंगशालाको बाहिरी भाग शान्दार छ र यसको डिजाइन खेलाडी तथा दर्शकहरुका लागि पनि मानवीयतामा आधारित छ। जस्तो भनौं – खेलाडी जाने बाटोको लम्बाइ, खेलाडीहरुको आराम कोठामा राखिएका दराजहरुको संख्या, सञ्चार माध्यमका प्रतिनिधिहरुको कार्यालयमा कुन-कुन ठाउँमा पानीको भाण्डो राख्ने भन्ने जस्ता कुराहरुबारे पटक-पटक अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग छलफल गरिएको, र त्यसका साथै विश्वमा केही ठूलो ढाँचाका अन्तर्राष्ट्रिय रंगशालाहरुको अनुभव पनि लिइएको छ।

          यस्तै किसिमको निर्माणयुक्त सिद्धान्तका आधारमा "बर्डस नेस्ट" रंगशालाले खेलाडीहरुलाई भ्याएसम्मको सुविधा प्रदान गर्दछ। यस परीक्षण प्रतियोगितामा भाग लिएका अस्ट्रेलियाली खेलाडी ज्याम्स निफ्फेरेस्सले " बर्डस नेस्ट"को धेरै प्रशंसा गर्नुभएको छ। उहाँ भन्नुहुन्छ-

         " बर्डस नेस्ट"को डिजाइन एकदमै व्यावसायिक छ। त्यसको गुणस्तर निकै उच्च छ।

          दर्शकहरुले दर्शक स्थलबाट स्पष्टसँग प्रतियोगिता हेर्न सकुन भन्नका लागि विशेषरुपमा बर्डस नेस्टको डिजाइन गरिएको छ। त्यस रंगशालाको लम्बाइ तीन सय चालीस मिटर र चौडाइ तीन सय मिटर छ। भित्र खम्बाहरु छैनन र सीटहरु पनि रंगशालाका चारैतिर मिलाइएका छन्। यस्तै खालको डिजाइनले गर्दा जुनसुकै ठाउँमा बसे पनि सो रंगशालाको केन्द्र बीचको दूरी एक सय चालीस मिटर लामो हुन्छ। त्यसैले सबैले स्पष्ट रुपमा प्रतियोगिता हेर्नपाउँछन्। यस पटकको खुला प्रतियोगितामा भाग लिएकी दर्शक श्रीमती ह लान फाङ्ग भन्छिन-

          प्रतियोगिता स्पष्टसँग देख्नसकिन्छ। यहाँ आउनुअघि यति ठूलो रंगशालामा यति अग्लो ठाउँमा बसेर हेर्दा त्यती स्पष्टसङ्ग हेर्ननसकिएला भन्ने चिन्ता गरेर मैले एउटा दुर्बीन पनि ल्याएकी थिएँ। अहिलेको दृष्टिकोणबाट हेर्दा दुर्बीनको आवश्यक छैन। "बर्डस नेस्ट" रंगशालाको डिजाइन कति राम्रो रहेछ।

         "बर्डस नेस्ट" रंगशाला चौतर्फी रुपमा खुला भएपछिको दुई दिनमा त्यसले आफ्नो मानवीय डिजाइन, उच्च सेवा र बाहिरी भागको शान्दार दृश्यले गर्दा प्रायः सबै मानिसहरुलाई प्रभावित पारेको छ र उच्च प्रशंसा पनि पाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040