
आज जुलाई एक तारिखका दिन सन् 2008 पेइचिँग ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले कार्यक्रम निँग स्या ह्वी जातीय स्वायत प्रदेशको सदरमुकाम यिन छ्वानमा सफलताका साथ सम्पन्न भएको छ।

यिन छ्वान निँग स्या ह्वी जातीय स्वायत प्रदेशमा आयोजित ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले कार्यक्रमको अन्तिम शहर हो।

भोलिदेखि तीन दिनसम्म ओलम्पिक खेलकुदको पवित्र ज्योति पल्लो शान सिको यान आन, याङ्ग लिङ्ग, स्यान याङ्ग र सि आनमा जरी रहने छ।
|