अल चाइना युथ फेडेरेसनको निमन्त्रणामा नेपाली युवाहरुको एक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने भएको छ । नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनको नेतृत्वमा नेपालका मुख्य राजनीतिक दलसँग आवद्ध रहेका युवा संगठनका प्रमुखहरु सो प्रतिनिधिमण्डलमा समावेश हुनेछन् ।
नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका अध्यक्ष प्रकाशबाबु पौडेलले सि.आर.आई.लाई जानकारी गराउनु भए अनुसार युवा प्रतिनिधिमण्डलले आगामी जुलाई 11 तारिखदेखि 18 तारिखसम्म चीनको भ्रमण गर्नेछ । भ्रमणका अवधिमा चिनियाँ कम्युनष्टि पार्टीको विदेश विभागका नेता र चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
अल चाइना युथ फेडेरेसनको निमन्त्रणा तथा नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनको संयोजनमा चीन म्रमणमा यङ्ग कम्युनिष्ट लिगका अध्यक्ष गणेशमान पुन, नेपाल तरुण दलका महासचिव पुष्प पराजुली तथा प्रजातान्त्रिक राष्टि्रय युवा संघका केन्द्रीय सचिव हस्तबहादुर पण्डित संलग्न रहनेछन् । यङ्ग कम्युनिष्ट लिग नेपाल कम्युनिष्ट पार्टी माओवादीको युवा संगठन हो भने नेपाल तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो । त्यसैगरी प्रजातान्त्रिक राष्टि्रय युवा संघ नेपाल नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठन हो ।
संविधानसभाको निर्वाचनपछि स्थापित मुख्य राजनीतिक दलका युवा संगठनका प्रतिनिधि सम्लग्न रहेको युवा प्रतिनिधिमण्डलले चीनमा भइरहेको ओलम्पिक तयारी तथा चिनियाँ युवा संगठनहरुसँगैत्य सम्बन्ध स्थापना गराउँदै आपसी सहयोग विस्तार बारेमा छलफल गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
दस सदस्यीय नेपाली युवा प्रतिनिधिमण्डलले चीनको मुख्य सहरहरु ग्वाङ्जोउ, पैचिङ्ग तथा नान्चिङ्ग सहरको अवलोकन भ्रमण गर्नेछ भने चिनियाँ युवाहरुले विकासको पूर्वाधारमा पुर्याएको योगदानको पनि सिंहावलोकन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पौडेलले बताउनुभयो । मुख्य राजनीतिक दलका युवा संगठनका प्रतिनिधि बाहेक नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका पदाधिकारीहरु तथा पत्रकारहरु भ्रमणमा सहभागी रहनेछन् ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|